ओखलढुंगा रुम्जाटर सडकखण्डका संरचनाहरु भत्काईदै

अ+
अ
अ-

ओखलढुङ्गा / ओखलढुङ्गा रुम्जाटार सडकखण्डमा पर्ने छेउछाउका घरहरु धमाधम भत्काउन थालिएको छ । सडकखण्डको दायाँवायाँ ५ मिटर क्षेत्रभित्रपर्ने छेउछाउमा अस्थाई रुपमा बनेका घरटहराहरु भत्काउन थालिएको हो । जिल्ला सदरमुकाम रमाईलोडाँडाको जिरो पोईन्टबाट अस्थाई संरचनाहरु भत्काउन सुरु गरिएको छ । सडक विस्तारका लागि समस्या वनिरहेको टहराहरु भत्काईएपछि रुम्जाटर सडकखण्डको काम समेत द्रुत गतिमा अगाडी बढ्ने सडक विस्तार आयोजनाका प्रमुख युवराज खरेलले बताउनुभयो ।

केही समय अगाडी स्थानीयले सडक छेउछाउका मुआब्जा लिईसकेका घरटहराहरु नहटाईएको तथा कालोपत्रे गर्नेकाम सुस्त गतिमा अघि बढेको गुनासो गरेका थिए । त्यसपश्चात प्रमुख जिल्ला अधिकारी सहितको टोलीको छलफलबाट सडक निमार्णका क्रममा बाधाँ पु¥याएका घरटहराहरु तत्काल भत्काउन निर्देशन दिएपछि काम अघि बढेको हो ।