भारतको बिहारमा एक बेहुलीले बेहुला अशिक्षित हुँदा विवाह गर्न अस्वीकार गरेकी छिन् । दुलहीले यो निर्णय जयमालापछि लिएकी हुन् । युवतीको यो निर्णय गाउँलेले स्वागत गरे । यस्तै विवाहमा आएका व्यक्तिले उनको हिम्मतको तारिफ गर्दै आफ्नो पढे लेखेको छोरासँग विवाहको प्रस्ताव राखे जसलाई युवतीले स्वीकार गरिन् ।
भारतीय मिडिया अनुसार यो घटना मार्च १३ तारिखको हो । विवाहको कार्यक्रम चलिरहँदा बेहुलीका साथीसँग बेहुला कुरा गरिरहेका थिए । त्यतिबेला उनीहरुलाई बेहुला शिक्षित भएकोमा शंका लाग्यो । युवतीका साथीले उनलाई विभिन्न प्रश्न सोधिरहेका थिए । तर कुनैको पनि सही जवाफ दिन सकिरहेका थिएनन् ।

बेहुलीका साथीहरुले बेहुलालाई सयका १० वटा नोट गन्न दिए । ती पैसा दुलहाले तीन पटक प्रयास गर्दा पनि राम्रोसँग गन्न सकेनन् । त्यसपछि उनलाई उनको नाम र गाउँको नाम सोधियो । उनीहरुले एकैछिनमा बेहुला अशिक्षित भएको पत्ता लगाए । त्यसपछि युवतीले हिम्मत देखाइन् र विवाह गर्न अस्विकार गरिन् ।
बेहुलीको यो निर्णयले सबैजना प्रभावित थिए । विवाहमा सरिक एक व्यक्तिले पनि तारिफ गर्दै आफ्नो छोरासँग विवाहको प्रस्ताव राखे । उनले आफ्नो छोरा शिक्षित भएको बताउँदै विवाहका लागि राजी भए नभएकोबारे सोधे । युवती पक्षले उक्त प्रस्ताव स्विकार गरे ।


