काठमाडौँ । आज सोमबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य ओरालो लागेको छ। नेपाल राष्ट्रबैकंले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ २५ पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ८५ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४६ रुपैयाँ ६२ पैसा, १ सय ४७ रुपैयाँ ४२ पैसा रहेको छ।
मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९ पैसा छ। युएई दिराम १ को खरिददर ३० रुपैयाँ २ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १८ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५६ पैसा रहेको छ।त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७६ पैसा रहेको छ। तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर


