धरान / दुर्घटना न्युनिकरण गर्न भन्दै चालकहरुलाई चालक र सह चालकलाई ड्रेस वितरण गर्न शुरु गरिएको छ । १५ दिने अभियान अन्तर्गत आजबाट शुरु भएको अभियानमा धरानमा रहेका करिब २० जना चालकहरुलाई ड्रेस वितरण गरिएको हो । १ नं. ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयोजनामा तथा यातायात व्यवसायी, मजदुरहरुको सहभागितामा िभएको ड्रेस वितरण कार्यक्रमले चालकलाई जिम्मेवार बनाउदै सडक दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने १ नंं ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताउनुभयो ।
दुर्घटना न्यूनिकरण गर्ने भन्दै केही समय यातायात मजदुररुले ‘म जिम्मेवारी यातायात मजदुर हु’ भन्ने अभियान सञ्चालन गरिरहेको समयमा समुदाय र प्रहरीबीच सहकार्य गरेर चालकहरुलाई पहिचानका लागि ड्रेस वितरण अभियान दुर्घटना न्यूनिकरण ठूलो सहयोग पुग्ने नेपाल स्वततन्त्र यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले बताउनुभयो ।
एक नं. प्रदेशकै पर्यटकीय क्षेत्र धरान सवारी चापका कारण अस्तव्यस्त बन्दै जादा यात्रुहरु समेत असुरक्षित बन्दै गएको अवस्थामा ट्राफिक प्रहरीले शुरु गरेको यो अभियानले सार्थकता पाउने धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदले बताउनुभयो । १५ दिनसम्म चल्ने यो अभियानमा सबैले साथ दिने सो अवसरमा बताएका थिए ।