मोरङ । आफनै प्रेमिकाको हत्या गरी सप्तकोशीमा शव फालेको अभियोगमा पक्राउ परेका मोरङको बेलबारीस्थित नेकपाका नेता एवं एमालेका पूर्व नगर अध्यक्ष योगेन्द्र गुरुङ लाई महिला बेपत्ता पारेको अभियोगमा ७ दिन म्याद थप गरी अनुसन्धान थालिएको छ । बेलबारी ४ की २६ बर्षिया रमिला राईको हत्यापछि सप्तकोसी नदीमा फ्यालिदिएको महिलाको शव खोजीमा प्रहरी जुटेको ४ दिन बितिसक्दा समेत शव भेटिएको छैन । शुक्रबारदेखि लगातार शवको खोजीमा प्रहरी टोली सप्तकोसी र आसपासका स्थानमा सक्रिय रहेपनि शव फेला पार्न नसकिएपछि उनलाई महिला बेपत्ता पारेको अभियोगमा म्याद थप गरी अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईले बताएका छन ।

गुरुङले प्रेमिकाको हत्या गरी शव सप्तकोशीमा फ्यालिदिएको प्रहरीसामु स्वीकार गरिसकेका छन । फागुन १७ गते शुक्रबार राति गुरुङ सँगै निस्केकी राई सोही रातबाट बेपत्ता भएकी थिइन । गुरुङले हत्यापछि शव कोशी ब्यारेजमा पु¥याएर गेट नम्बर २९ बाट नदीमा फ्यालिएको बयान प्रहरीलाई दिएका छन् । घरमै हत्या गरेर आफ्नो गाडीमा हाल्दै शव नदीमा पु¥याएर फ्यालेको प्रहरीको भनाइ छ । हत्यापछि फरार बनेका गुरुङलाई भने प्रहरीले ४ दिन अघि इलामबाट पक्राउ गरेको थियो । आइतबारबाट शवको खोजीका लागि बेलबारीका स्थानीय बासिन्दाले पनि प्रहरीलाई सहयोग गरिरहेका छन् ।


