अ+
अ
अ-
फागुन ९, काठमाण्डौ । पान धार्मिक तथा स्वास्थ्यका दृष्ट्रिकोणले उत्तम मानिन्छ । पानको पातलाई पवित्र मानिने भएकाले धार्मिक कार्यमा समेत प्रयोग गर्ने गरिन्छ । बहुउपयोगी र हितकर भएकाले पनि पानको ब्यापार पछिल्लो समय बढ्दो क्रममा छ ।

तराईका बजारमा छ्याप–छ्याप्ती पाइने पान पसल पछिल्लो समय पहाडी तथा हिमाली जिल्लामा पनि विस्तार भएको छ । पानको पात पवित्र र विभिन्न रोगबिरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने भएकाले सबै भूगोलका व्यक्तिको रोजाई बनिरहेको छ । तराईमा त झन् पान नखाने बिरलै भेटिन्छन् । पानका पारखीसँगै व्यापार बढ्दा बिदेशीन लागेका युवाहरु समेत स्वदेशमै आत्मनिर्भर बन्न थालेका छन् ।


