अ+
अ
अ-
काठमाडौं ९ फागुन । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डीन बौवालाल साहलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बुधबार बसेको आकस्मिक बैठकले निलम्बन गरेको छ ।

यौन दुर्व्यवहारको आरोपमा प्रहरी नियन्त्रणमा रहेका साहले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने अत्यन्त अनुशासनहीन तथा निन्दनीय कार्य गरेको भन्दै विश्वविद्यालयको कुनै पनि कामकाज गर्न/नपाउने गरी सहायक डीन पदबाट निलम्बन गरिएको हो ।


