वडाध्यक्षबाटै कुटिइन् महिला

अ+
अ
अ-

काठमाडौं ९ फागुन । रुकुमपूर्व — शौचालय बनाउने विषयमा विवाद हुँदा वडाध्यक्षबाट एक महिला कुटिएकी छन् । पुथाउत्तरगंगा गाउँपालिका ११ का अध्यक्ष जयकुमार बुढाले स्थानीय ३९ वर्षीया जयपुरी बुढामगरलाई कुटेका हुन् ।

गाउँकै महिला भवनका लागि बनाइँदै गरेको शौचालयको खाडलको विषयलाई लिएर विवाद हुँदा वडाध्यक्ष बुढाले फागुन ५ गते जयपुरीलाई कुटेका थिए । वडाध्यक्षले हेल्मेटले हान्दा टाउकामा गहिरो चोट लागेको जयपुरीका भाइ लक्ष्मणले बताए । शौचालयको सेफ्टी टयांकीको खाडल खन्ने क्रममा पानी भेटिएपछि विवाद सुरु भएको थियो । सेफ्टी टयांकी खनिरहँदा पानी भेटिएपछि अब के गर्ने भनेर प्राविधिकसँग सल्लाह लिने क्रममा आफूलाई नसोधिएको भन्दै दिदीलाई कुटपिट गरेको लक्ष्मणले बताए ।