मन्त्रीसँग कुरा नमिलेपछि सचिवको सरुवा

अ+
अ
अ-

काठमाडौं ८ फागुन । मेलम्ची खानेपानी आयोजनामा मन्त्री बिना मगरसँग मत बाझिएपछि खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुर सरुवा भएका छन् । मन्त्रिपरिषदको सोमबारको बैठकले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जगेडामा राखेको छ ।

आयोजना बीचमै छाडेको इटालियन कम्पनी सीएमसीलाई भुक्तानी दिनेबारे मन्त्री र सचिवबीच मतान्तर बढेको हो । मन्त्री मगरले सीएमसीलाई २ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिन आयोजना विकास समितिको अध्यक्षसमेत रहेका ठाकुरलाई दबाब दिँदै आएकी थिइन् ।