भारतबाट आएका सिकारीले बाँदर समात्न थाले

अ+
अ
अ-

काठमाडौं ८ फागुन । नजिकका राष्ट्रिय निकुञ्जमा पु¥याउने गरी खोटाङमा बाँदर समात्न थालिएको छ । अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदर समातेर निकुञ्ज पु-याउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘बाँदर समाउ अभियान’ थालिएको हो ।

बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईका अनुसार भारतको उत्तर प्रदेशबाट झिकाइएका सिकारीले मंगलबार उक्त नगरपालिकाको वडा नम्बर ५, लफ्याङको लुछिममा २५ वटा बाँदर समातेरका छन् ।