अ+
अ
अ-
फागुन ८, काठमाण्डौ । काठमाडौं उपत्यकाको मौलिक पहिचानकारुपमा ढुंगेधारालाई पनि लिन सकिन्छ । परापूर्व कालमा ढुंगेधाराकै पानीले जनताको तिर्खा मेटिन्थ्यो । तर अहिले ढुंगे र धाराको विछोड भएको छ ।

पानीका स्रोतहरु सुक्दै जाँदा पानीको धारा छैन । ढुंगाको संरचना मात्रै छ । सम्बन्धित निकायले त झन अब ति धारामा पानी आउने व्यवस्था गर्न नसकिने घोषणा नै गरेका छन् ।


