अ+
अ
अ-
काठमाडौं ७ फागुन । उपभोक्ताले बजारमा मूला प्रतिकिलो १५ रुपैयाँभन्दा बढीमा किनिरहेका छन् । तर, बिचौलिया व्यापारीले प्रतिकिलो तीन रुपैयाँमा पनि नलगेपछि बेनीघाट रोराङ, ५ विशालटारका किसानले तरकारी बारीमै नष्ट गरेका छन् ।

बजार मूल्यभन्दा अति कममा पनि बिक्री नभएपछि उनीहरुले बारीमा ट्रयाक्टरले जोतेर तरकारी नष्ट गरेका हुन् । महिनौँ मेहनत गरी उब्जाएको तरकारीबाट लगानी उठ्नु त परको कुरा उल्टो खर्च थपेर बिक्री गुर्नपर्ने अवस्था आएको किसानको गुनासो छ ।


