अ+
अ
अ-
काठमाडौं, ६ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले चर्चित लोक गायक पशुपति शर्मालाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

शर्माको पछिल्लो गीत “लुट्न सके लुट कान्छा’ को प्रशंसा गर्दै सांसद सिंहले यस्तो घोषणा गरेका हुन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले गायक शर्मालाई २५ हजार रुपैयाँ दिने घोषणा गरे।


