अ+
अ
अ-
सुर्खेत, ६ फागुन / ‘सिएनएन हिरो–२०१५’ बाट सम्मानित अमेरिकी नागरिक म्यागी डोयनको पहलमा वीरेन्द्रनगरमा प्रविधियुक्त विद्यालय भवन निर्माण गरिएको छ ।

कोपिला भ्याली समाजद्वारा सञ्चालित विद्यालयको नवर्निमित भवनको आइतबार कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गर्नुभयो । म्यागीकै नेतृत्वमा १० वर्षअघि कोपिला भ्याली समाज स्थापना भएको हो । जसले अनाथ, गरीब बालबालिकालाई शिक्षा प्रदान गर्नुका साथै असहाय महिलाका लागि सीप विकासको क्षेत्रमा काम गर्दै आएको छ ।


