अ+
अ
अ-
फागुन ५, काठमाण्डौ । नेपाली चलचित्र क्षेत्रका महानायक नै भनेर चिनिएका राजेश हमालले आफूले संचालन गरिरहेको कार्यक्रम को बन्छ करोडपति विश्वकै उत्कृष्ट भएको दावी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै हमालले को बन्छ करोडपतिको लोकप्रियता पनि अत्याधिक रहेको बताए । अहिलेसम्म १२० वटा राष्ट्रमा संचालन भइसकेको यो कार्यक्रम नेपालमा उत्कृष्ट भएको बताए ।


