अ+
अ
अ-
काठमाडौँ,२२ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ ।

महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो । महाशाखाले आव २०७२र७३ मा दुई हजार ७९५, २०७३र७४ मा चार हजार ५१८ र २०७४र७५ मा आठ हजार १२० ट्याक्सी चालकलाई कारवाही गरेको थियो ।


