सुत्केरी भत्ताबाट वञ्चित

अ+
अ
अ-

कैलाली,२१ माघ । टीकापुर अस्पतालमा सुत्केरी भएका ५६६ जनाले सुत्केरी भत्ता पाउन सकेका छैनन् । अस्पतालमा आमा सुरक्षा कार्यक्रमका लागि आवश्यक बजेट नआएका कारण उनीहरु सुत्केरी भत्ताबाट वञ्चित भएका हुन् ।

अस्पतालले चालू आर्थिक वर्षको साउनदेखि सुत्केरी भत्ता उपलब्ध गराउन सकेको छैन । अस्पतालले सुत्केरीलाई यातायात खर्चवापत रु एक हजार र नियमित गर्भजाँच गरेवापत रु ८०० उपलब्ध गराउँदै आएको थियो । सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई प्रोत्साहनस्वरुप तथा र मातृ मृत्युदर घटाउन २०६५ सालदेखि आमा सुरक्षा कार्यक्रम लागू गरेको हो ।