अ+
अ
अ-
रुकुम पूर्व,१८ माघ । रुकुमकोटमा आजबाट यातायातका साधन र बजार ठप्प पारिएको छ । स्वःस्फूर्त रुकुमकोटका यातायात व्यवसायी र व्यापार व्यवसायीले सदरमुकामका लागि भइरहेको आन्दोलनलाई सहयोग गर्न बजार र यातायातका साधन ठप्प पारेको यातायात व्यवसायी समितिका अध्यक्ष मुलमान बुढाले बताउनुभयो ।

रुकुमकोटमा बिहानैदेखि यातायातका साधन चल्न दिइएको छैन । जसले गर्दा रुकुमकोट भित्रिने र बाहिरिने यात्रु अलपत्र परेका छन् । यसैगरी बजार पनि ठप्प पारिएको छ । सदरमुकामको विषयलाई लिएर रुकुमकोट र रुकुमकोट आसपासका नागरिक विगत एक वर्षदेखि आन्दोलित छन् ।


