अ+
अ
अ-
काठमाडौँ,१८ माघ । बलिउड फिल्म निर्देशक रोहीत शेट्टी यतिबेला फिल्म ‘सिम्बा’को सफल व्यापारका कारण निकै नै खुसीमा रहेका छन् । डिसेम्बर २८ मा रिलिज भएको फिल्म ‘सिम्बा’ ले प्रदर्शनका १ महिनामा २५० करोडको व्यापार गरिसकेको छ ।

फिल्म ‘सिम्बा’ रोहीत शेट्टीको यस अघिको फिल्म ‘सिंघम’ सिरिजको तेस्रो भाग हो । यस फिल्ममा अभिनेता रणवीर सिंह मुख्य भूमिकामा देखिएका छन् । यस फिल्मको सफलतासँगै रोहीत उनको अरु प्रोजेक्टको तयारीमा लागि सकेका छन् ।


