अ+
अ
अ-
काठमाडौँ,१७ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय मूर्तिकार रोजन राईलाई पछिल्लो समय मूर्ति तथा प्रतिमा निर्माणको कामले भ्याइनभ्याइ छ । शुरुमा बाँसको जराबाट जिल्लामै विभिन्न जीवजन्तु तथा देवीदेवताका मूर्ति बनाउँदै आउनुभएका उहाँका मूर्तिको माग पछिल्लो समय विदेशमा पनि बढेकाले भ्याइनभ्याइ भएको हो ।

नेपालको विभिन्न जिल्लाका साथै भारतको सिक्किम र हङकङमा समेत पुगेर मूर्ति निर्माण गरिसक्नुभएका राईले अहिले फाइवर, ढुङ्गा, माता तथा पित्तल, धलौट, सिमेन्ट, काठ तथा बाँसलगायत कच्चा पदार्थ प्रयोग गरेर सबै किसिमका मूर्ति निर्माण गर्नुहुन्छ । बुबा मनदत्त राई र आमा धनकुमारी राईको जेठो छोरा रोजन सानै उमेरदेखि मूर्तिकलामा चासो राख्ने व्यक्ति रहेको उहाँका छिमेकी बताउँछन् ।


