अ+
अ
अ-

काठमाडौँ,११ माघ । बागलुङ काँठेखोला गाउँपालिका –६ बिहुँका किसानले एक वर्षमा रु तीन करोड मूल्य बराबरका कृषि उपज बिक्री गरेका छन् ।
दूध, सुन्तला, तरकारी र अन्नलगायत कृषि उपज बिक्री गरेर त्यहाँका किसानले वार्षिक रु तीन करोड नौ लाख ५१ हजार ५०० आम्दानी गर्न सफल भएको वडा अध्यक्ष युक्तप्रसाद कँडेलले बताउनुभयो । दूध तथा फलफूलजन्य उत्पादनका हिसाबले बिहुँ अत्यन्तै महत्वपूर्र्ण क्षेत्र हो । यस वर्ष मात्रै यहाँका कृषकले रु एक करोड ३५ लाख नौ हजार २०० मूल्य बराबरको दूध बेचेका छन् ।


