पोर्चुगलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो

अ+
अ
अ-

रूस – क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले विश्वकप फुटबलमा अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ।

रूसको मस्कोस्थित लुज्निकी रंगशालामा सम्पन्न समूह चरणको दोस्रो राउन्डको बुधबारको पहिलो खेलमा पोर्चुगलले मोरक्कोलाई १–० ले पराजित गरेको हो। पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे।

पहिलो हाफको चौंथो मिनेटमा रोनाल्डोले कर्नरमार्फत हेड गोल गरेका हुन्। रोनाल्डोको सोहि गोल जित दिलाउन महत्वपूर्ण बन्यो।