एनपीएलमा आज सुदूरपश्चिम र पोखरा भिड्दै

अ+
अ
अ-

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजेदेखि खेल सुरु हुने तालिका छ

लिगअन्तर्गत मंगलबार भएका खेलमा चितवन राइनोज र कर्णाली याक्स विजयी भएका थिए। चितवनले विराटनगर किङ्सलाई तथा कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गरेका थिए।

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो।