जापानले विजयी सुरुवात कोलम्बिया २–१ ले पराजित

अ+
अ
अ-

रूस – रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा जापानले विजयी सुरुवात गरेको छ। जापानले बुधबार भएको आफ्नो पहिलो खेलमा कोलम्बियालाई २–१ ले पराजित गरेको हो।

मोर्डोभिया एरिना रंगशाला सारांस्कमा सम्पन्न खेलमा १० खेलाडीमा सिमित भएको कोलम्बियालाई जापानले संघर्षपूर्ण खेलमा पराजित गरेको हो।

योसँगै जापानले ब्राजिलमा भएको अघिल्लो विश्वकपमा ४–१ ले भोगेको पराजयको बदला लिएको छ। जापानको जितमा सिन्जी कागवा र युया ओसाकोले एक–एक गोल गर्दा पराजित कोलम्बियाका फर्नान्डो क्विनटेरोल एक गोल फर्काए।