अर्जेन्टिना र मेस्सीले यस पालिको World Cup 2018 मा देखाउलान त जादु ?

अ+
अ
अ-

एजेन्सी । विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले केही दिन अगाडि भएको हाइटीविरुद्धको मैत्रीपूर्ण खेलमा ४—१ गोलले पराजित गर्यो । हाइटीमाथिको जितले अर्जेन्टिनालाई विश्वकपमा दरिलो उपस्थिति जनाउनेमा विश्वास बढेको छ ।

जुन १४ देखि जुलाई १५ सम्म रुसका विभिन्न १२ रंगशालामा हुने विश्वकपमा अर्जेन्टिनाको उपस्थिति कस्तो होला ? अर्जेन्टिनाको भन्दा पनि बढी विश्वका महान खेलाडी भनेर चिनिने लियोनल मेस्सीले कस्तो प्रदर्शन गर्लान् ? यसअघि विश्वकप उपाधि दिलाउन असफल भएका मेस्सीको जादु यो विश्वकपमा चल्ला त ? यी नै प्रश्न, कौतुहलता र जिज्ञासाले फुटबलप्रेमीको मन भरिएको छ ।

विश्वकपमा अर्जेन्टिना आफुलाई सशक्त टिमको रुपमा मैदान उतार्ने तयारीमा रहेको छ । अर्जेन्टिना चर्चित खेलाडी लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रिँदैछ ।