सेयर लगानीकर्ताले घेरे नेप्सेको कार्यालय

अ+
अ
अ-

काठमाडौं । पुँजी बजारका लगानीकर्ताले नेपाल स्टक एक्सचेञ्ज घेराउ गरेका छन् । हकप्रद र बोनस सेयरमा लाभकर वृद्धि भएको प्रति विरोध जनाउँदै सेयर लगानीकर्ताले आन्दोलन गरेका हुन् ।
लगानीकर्ताले “नोक्सानीमा कर तिर्नु कुन सिद्धान्त हो सरकार ?” “बहुमतको सरकार, करैकरको उपहार” लगायत नारा भएका ब्यानर बोकेका थिए । हकप्रद र बोनसमा वृद्धि भएको लाभकर हटाउनसपर्ने उनीहरुको माग छ । नोक्सानीमा लाभकर तिर्नुपर्ने भएपछि कुनै प्कारको सेयर खरिदविक्री नगर्न उनीहरुको आम लगानीकर्तालाई आग्रह पनि छ ।
आन्तरिक राजश्व विभागले हकप्रद र बोनस सेयरमा लाभकर वृद्धि गरेको पत्र काटेपछि नेपाल पूँजी बजार लगानीकर्ता संघ, नेपाल इन्भेस्टर फोरम र लगानीकर्ता संघले संयुक्त रुपमा नेप्से घेराउ गरेका हुन् ।
नेप्सेमा घेराउ पछि दिउँसो अर्थमन्त्रीलाई भेटि ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत रहेको बताइएको छ ।