अ+
अ
अ-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बदनकुमार भण्डारीले अर्थमन्त्री स्वर्णिम वाग्लेको बचाउ गरेका छन्।
रिपोर्टर्स क्लबले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद भण्डारीले भारतको विरोध गरेर राष्ट्रवादी बन्ने शैलीको अन्त्य भएको भन्ने अर्थमन्त्री वाग्लेको अभिव्यक्तिमा गलत अर्थ नरहेको बताएका हुन्।
भण्डारीले नेपाल र भारतबीच दाजुभाइ तथा दिदीबहिनीको जस्तो छिमेकी सम्बन्ध रहेको उल्लेख गर्दै विरोध गरेर मात्रै राष्ट्रवादी बन्न नसकिने तर्क गरे।
अब नेपालले विरोध र प्रतिशोधमा आधारित नभई सुधारउन्मुख परराष्ट्र नीतिमा विश्वास गर्नुपर्ने उनको भनाइ थियो।


