अ+
अ
अ-
रुकुम पश्चिम। रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२, स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।
शुक्रबार साँझ करिब ५:३० बजे घरनजिकै बाटोमा खेलिरहेका बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथमाथि स्थानीय ३३ वर्षीय भक्तबहादुर नाथले ढुङ्गा प्रहार गरेको बताइएको छ। ढुङ्गा टाउकोमा लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि स्वास्थ्य चौकी पिपल लगिएको थियो।
त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्याइएकोमा सोही दिन राति १० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा भक्तबहादुर नाथलाई नियन्त्रणमा लिइएको छ। उनको मानसिक अवस्था ठीक नभएको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।


