‘सुप्रभात काव्यगोष्ठी’मा कविता, समीक्षा र कृति परिचर्चा हुने

अ+
अ
अ-

काठमाडौं । नागार्जुन वाङ्मय प्रतिष्ठानले नियमित रूपमा आयोजना गर्दै आएको ‘सुप्रभात काव्यगोष्ठी’ को आगामी शृंखला असोज १७ गते शनिबार काठमाडौंको बागबजारमा हुने भएको छ।

प्रतिष्ठानका अनुसार कार्यक्रममा अग्रज, समकालीन तथा अनुज स्रष्टाहरूले आफ्ना रचना प्रस्तुत गर्नेछन्। कार्यक्रममा वरिष्ठ साहित्यकार ज्ञानुवाकर पौड्याल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। वरिष्ठ समालोचक तथा साहित्यकार डा. बालकृष्ण अधिकारी र कवि रीता खत्री स्रष्टा विशेष रहने तालिका रहेको छ। यस्तै, चन्द्रलाल तामाङको कृति माथि चर्चा परिचर्चा गरिने छ।

कार्यक्रमअन्तर्गत सुप्रभात काव्यगोष्ठी तथा समीक्षा, अग्रज कवि पूर्ण विरामका कविता वाचन तथा प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गर्ने कार्यक्रमसमेत रहेकाे छ । कार्यक्रममा प्रमुख अतिथि, अतिथि, समालोचक तथा स्रष्टा विशेषलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ।

नागार्जुन वाङ्मय प्रतिष्ठानले प्रत्येक महिनाको तेस्रो शनिबार ‘सुप्रभात काव्यगोष्ठी’ आयोजना गर्दै आएको छ। यसअघि पनि प्रतिष्ठानले अग्रज कवि पूर्ण विराम विशेष कार्यक्रम तथा कविता वाचन प्रतियोगिता आयोजना गरेको थियो।