बाल कविता: रामसुन्दर देउजा – झाेला

अ+
अ
अ-

मेरो सानो झोला
कता पर्यो होला

किताब कापी हालेर
स्कूल जान्थें म
भोक लाग्दा दिउँसोलाई
खाजा लान्थें म

मेरो सानो झोला
कता पर्यो होला

माथि खोजें तल खोजें
कतै देखिन
बाहिर हेरें भित्र हेरें
अहँ भेटिन

मेरो सानो झोला
कता पर्यो होला

खाटमुनि झर्यो कि
दराजभित्र पर्यो कि
छल गरि कसैले
हाँसि मजाक गर्यो कि

मेरो सानो झोला
कता पर्यो होला

मैलो देखि आमाले
धुन लानु भो कि
किनमेल लिन बाबा आज
बजार जानु भो कि

मेरो सानो झोला
कता पर्यो होला ।