अ+
अ
अ-
ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो आगलागी भएको छ। दोभान बजारको पुरानो बजार क्षेत्रमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागीबाट हालसम्म पाँचवटा घर जलेर नष्ट भएका छन्। आगो नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ।
स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने अझै एकिन भइसकेको छैन।
आगलागीको कारणसमेत खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।


