अर्थसमितिद्वारा नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसहमत पास

काठमाडौँ, ३१ भदौः अर्थ समिति बैठक सिंहदरबार बुधबार बसेको सङ्घीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको ३० औँ बैठक । बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा समितिको प्रतिवेदनमाथि छलफल भएको थियो। तस्बिरः गोपाल दाहाल/रासस
+
-

काठमाडौँ । प्रतिनिधिसभा, अर्थसमितिको बैठकले नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसहमत पास भएको छ ।

अर्थ समितिका समिति सचिव लक्ष्मण अर्यालले अर्थसमितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल सकिएर विधेयकको प्रतिवेदन सर्वसहमत पास गरेको जानकारी दिनुभयो । उहाँले अर्थ समितिबाट सर्वसहमत पास भएको प्रतिवेदन आगामी प्रतिनिधिसभाको बैठकमा पेस हुने जानकारी दिनुभयो ।