बन्ने भयो,धुलिखेलमा जिल्ला प्रशासन कार्यालयको नयाँ भवन निर्माणका लागि कार्यादेश

+
-

काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलमा जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनिक भवन निर्माणका लागि निर्माण कम्पनीलाई कार्यादेश दिइएको छ।

संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, बबरमहल काठमाडौंले डीएस/एसआर बिल्डर्स जेभी, भक्तपुरलाई भवन निर्माणको कार्यादेश दिएको हो।

कार्यालयले उक्त परियोजनाका लागि रु. ४ करोड १५ लाख २९ हजार ९ सय ४० रुपैयाँ ५३ पैसा (मूल्य अभिवृद्धि कर तथा प्रोभिजनल समसहित) मा सम्झौता गरेको पत्रमा उल्लेख छ।

सम्झौता २०८३ साल असार १६ गते भएको र सोही सम्झौताका शर्तअनुसार निर्धारित समयभित्र निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको छ।

उक्त परियोजनाको ठेक्का नम्बर FUDBC/KTM/BAS/NCB/WORKS-48/082/83 रहेको छ।

तस्बिर- एआई