अग्रज कवि पूर्ण विरामका कविता वाचनकाे वार्षिक १२औँ शृंखला,स्रष्टा विशेषमा कवि उत्साही

+
-

काठमाडौं । नागार्जुन वाङ्मय प्रतिष्ठानले आयोजना गर्दै आएको नियमित ‘सुप्रभात काव्यगोष्ठी’ र पूर्ण विरामकाे कविता वाचन १२औँ शृंखला विशेष कार्यक्रमका रूपमा आयोजना हुने भएको छ।

प्रतिष्ठानका अनुसार २० गते शनिबार बिहान ११ बजे बागबजारस्थित अद्वैतमार्ग, मोडल अस्पतालनजिकै रहेको इजी वे सहकारी संस्थाको भवनमा कार्यक्रम हुनेछ।

यसपटकको काव्यगोष्ठी अग्रज कवि पूर्ण विरामप्रति समर्पित हुनेछ। कार्यक्रममा कवि पूर्ण विरामका कवितामाथि विशेष परिचर्चा गरिनुका साथै उनका वाचित कविताका उत्कृष्ट वाचकलाई पुरस्कार प्रदान गरिनेछ।

कार्यक्रममा प्रा.डा. माधवप्रसाद पोखरेल वरिष्ठ समालोचक तथा साहित्यकारका रूपमा सहभागी हुनेछन् भने कवि नवराज ‘उत्साही’ स्रष्टा विशेषमाको उपस्थिति रहने आयोजकले जनाएको छ।

नागार्जुन वाङ्मय प्रतिष्ठानले प्रत्येक महिनाको तेस्रो शनिबार नियमित रूपमा ‘सुप्रभात काव्यगोष्ठी’ आयोजना गर्दै आएको छ। प्रतिष्ठानले यस विशेष कार्यक्रममा साहित्यकार, कवि, लेखक तथा साहित्यप्रेमी सबैलाई उपस्थितिका भनेको छ।