अ+
अ
अ-
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने सुन २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
बुधबार मात्रै सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको थियो। एक दिनपछि पुनः ७ हजार ६ सय रुपैयाँले बढेसँगै सुनको मूल्य तीन लाख रुपैयाँभन्दा माथि पुगेको हो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला १ सय ४५ रुपैयाँले बढेर ४ हजार ७ सय २५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो।


