काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन शाहसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा सुझाव दिएका छन्।
प्रधानमन्त्रीसँगको भेटमा घिसिङले बाढीका कारण प्रभावित नागरिकको तत्काल उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने विषयमा सुझाव दिएको जनाइएको छ।
भेटका क्रममा जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका नागरिकको उद्धारबारे समेत छलफल भएको थियो। सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि आवश्यक सबै उपाय अवलम्बन गर्नुपर्ने विषयमा कुराकानी भएको हो।
प्रधानमन्त्री शाहले उद्धारका लागि स्वदेशी प्राविधिक तथा विज्ञ परिचालन गरिने र आवश्यक परे विदेशी विज्ञ तथा प्राविधिकसमेत ल्याउन सरकार तयार रहेको बताएका छन्।
बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्स्थापनालाई प्राथमिकतामा राखेर सरकारले आवश्यक कदम चाल्ने प्रधानमन्त्री शाहले बताएका छन्।


