किरात राई विद्यार्थी सङ्घको अध्यक्षमा निराजन किराती, २७ सदस्यीय कार्यसमिति निर्वाचित

+
-

काठमाडौं । किरात राई विद्यार्थी सङ्घको ११औँ राष्ट्रिय सम्मेलन यलाखोम (काठमाडौं) मा सम्पन्न भएको छ। सम्मेलनबाट निराजन किरातीको अध्यक्षतामा २७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निन्दिना राई, बसन्त राई र उपार्जन चाम्लिङ चयन भएका छन्। त्यस्तै, महासचिवमा करिना राई निर्वाचित भएकी छन्।

सचिवमा अवि राई, सुदिप चाम्लिङ र नितेश राई तथा कोषाध्यक्षमा देवेन्द्र राई निर्वाचित भएका छन्। सहकोषाध्यक्षमा रजनी राई चयन भएकी छन्।

त्यस्तै, केन्द्रीय सदस्यहरूमा पपिन्द्र राई, त्रिचन्द्र राई, गणेश राई, दिपन राई, अनन राई, कोपिला राई, प्रितम राई, नरेन राई, दिपेन्द्र राई, आशिष राई, दिपक राई, सुहाङ राई, सुरेन्द्र राई र नविन राई निर्वाचित भएका छन्।

नयाँ नेतृत्वले किरात राई विद्यार्थी समुदायका शैक्षिक, सामाजिक तथा सांस्कृतिक मुद्दालाई प्रभावकारी रूपमा उठाउने छ।