विपद्को बेला राष्ट्रिय सहमति प्रमुख आधार : रवि लामिछाने

+
-

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्को समयमा राष्ट्रिय सहमति र एकता नै प्रमुख आधार भएको बताएका छन्।

बिहीबार बसेको रास्वपाको सचिवालय बैठकमा सभापति लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल र त्यसबाट निस्किएको निष्कर्षबारे जानकारी गराएका हुन्।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार लामिछानेले सर्वदलीय बैठकमा देखिएको एकताका लागि सहभागी राजनीतिक दलहरूलाई धन्यवाद दिएका छन्। उनले विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्नेमा जोड दिएको प्रवक्ता खरेलले बताए।

लामिछानेले विपद्को अवस्थामा राजनीतिक र राष्ट्रिय सहमतिलाई एकताबद्ध गर्दै सरकार, राजनीतिक दल तथा सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन्।