चिनियाँ राष्ट्रपति सी चिनफिङले किर्गिस्तानको राजधानी बिस्केकमा मंगलबार आयोजित सांघाई सहयोग संगठन (एससीओ) प्लस बैठकमा सहभागिता जनाएका छन्। बैठकलाई सम्बोधन गर्दै सीले विश्वमा बढ्दो एकपक्षीयता, संरक्षणवाद र शक्ति राजनीतिका बीच समानता र न्यायमा आधारित विश्वव्यवस्था निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
सीले संयुक्त राष्ट्रसंघको भूमिकालाई थप सुदृढ गर्दै विश्व शासन प्रणालीलाई अझ न्यायपूर्ण र समतामूलक बनाउन एससीओ सदस्य तथा साझेदार मुलुकहरूले सहकार्य गर्नुपर्ने बताए। उनले सबै देशलाई आकार, शक्ति र आर्थिक अवस्थाका आधारमा भेदभाव नगरी समान अधिकार, अवसर र नियम सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन्।
एससीओको २५औँ स्थापना वर्षका अवसरमा आयोजित बैठकमा सीले एससीओलाई एसिया–युरोप क्षेत्रमा साझा विकास, सुरक्षा र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा अघि बढाउनुपर्नेमा पनि जोड दिएका छन्।
तस्बिर : प्योत्र कोभालेभ/स्पुतनिक, क्रेमलिन पूल/एपी


