बाढीपीडितप्रति भारतीय विद्यार्थीको श्रद्धाञ्जली

Indian students hold banner and offer tributes to the victims of Nepal flash floods, at a school in Ahmedabad, India, Tuesday, Sept. 1, 2026. 'Tribute' written in the Gujarati by flower petals.(AP Photo/Ajit Solanki)
+
-

अहमदाबाद । नेपालमा आएको विनाशकारी आकस्मिक बाढीमा ज्यान गुमाएकाहरूप्रति भारतका विद्यार्थीहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

भारतको अहमदाबादस्थित एक विद्यालयमा मंगलबार विद्यार्थीहरूले ब्यानर प्रदर्शन गर्दै बाढीमा ज्यान गुमाएका नेपालीप्रति सम्मान व्यक्त गरेका हुन्। विद्यार्थीहरूले फूलका पात प्रयोग गरी गुजराती भाषामा ‘श्रद्धाञ्जली’ लेखेर मृतकप्रति सम्मान प्रकट गरेका थिए।

नेपालमा गएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ भने उद्धार तथा बेपत्ताको खोजी कार्य जारी छ।

तस्बिर : अजित सोलंकी/एपी