चीनमा सौर्य ऊर्जाको जडित क्षमता कोइलाभन्दा बढी

(260901) -- BEIJING, Sept. 1, 2026 (Xinhua) -- An aerial drone photo taken on May 30, 2026 shows a wind-photovoltaic power project in Yuantou Town of Zanhuang County, north China's Hebei Province. China's installed photovoltaic (PV) power capacity surpassed coal-fired power capacity for the first time, making PV the country's largest power source by installed capacity, the National Energy Administration said Tuesday.   China's installed PV power capacity reached 1.286 billion kilowatts at the end of July, according to the administration. (Xinhua/Yang Shiyao)
+
-

बेइजिङ, चीन । चीनमा पहिलोपटक सौर्य फोटोभोल्टिक विद्युत् उत्पादनको जडित क्षमता कोइलाबाट सञ्चालित विद्युत् उत्पादन क्षमताभन्दा बढी भएको छ।

चीनको राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार जुलाईको अन्त्यसम्म देशको जडित फोटोभोल्टिक विद्युत् क्षमता १ अर्ब २८ करोड ६० लाख किलोवाट पुगेको छ।

यससँगै जडित उत्पादन क्षमताका आधारमा सौर्य ऊर्जा चीनको सबैभन्दा ठूलो विद्युत् स्रोत बनेको छ। राष्ट्रिय ऊर्जा प्रशासनले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चीनको ऊर्जा क्षेत्रमा नवीकरणीय ऊर्जाको हिस्सा निरन्तर बढिरहेको छ।

तस्बिरमा उत्तरी चीनको हपेई प्रान्तस्थित जानह्वाङ काउन्टीको युआन्तोउ क्षेत्रमा रहेको हावा तथा सौर्य ऊर्जा परियोजना देखाइएको छ।

तस्बिर : सिन्ह्वा/याङ सियाओ