प्रधानमन्त्री बालेन शाह अमेरिका जाने तयारीमा

+
-

छिमेकी राष्ट्र भारतको भ्रमण नगरी प्रधानमन्त्री बालेन शाहले सिधै अमेरिका भ्रमण गर्ने तयारी गर्नुभएको छ।

संयुक्त राष्ट्रसंघको महासभामा नेपालका तर्फबाट सहभागी हुँदै प्रधानमन्त्री शाहले सम्बोधन गर्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।

विशेषगरी रसुवामा हालै आएको विनाशकारी बाढी तथा हिमाली क्षेत्रमा बढ्दो जलवायु परिवर्तनको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले प्रधानमन्त्री स्वयं महासभामा सहभागी हुन लागेको बताइएको छ।

रसुवा बाढीपछि नेपालले भोगिरहेको मानवीय तथा भौतिक क्षति र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम विश्व समुदायसमक्ष उठाउने तयारी भइरहेको छ।

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण र संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताबारे औपचारिक निर्णय तथा विस्तृत कार्यक्रम भने सार्वजनिक हुन बाँकी रहेको छ।