कोरियाबाट धुञ्चे आइपुगेका उद्वार टोली

+
-

रसुवा । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि दक्षिण कोरियाबाट आएको उद्धार टोली रसुवाको धुञ्चे पुगेको छ।

टोलीले आजदेखि भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम सुरु गर्ने भएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता भएकाको खोजी तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले दक्षिण कोरियाबाट उद्धार टोली नेपाल आएको हो।

टोली धुञ्चे पुगेपछि स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालन हुने जनाइएको छ।

तस्बिर : घनश्याम श्रेष्ठ/रासस