अ+
अ
अ-
जिरोङ, चीन । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित जिरोङ काउन्टीमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन आपत्कालीन मर्मत कार्य तीव्र पारिएको छ।
पहिरो प्रभावित जिरोङ बन्दरगाहतर्फ जाने प्रमुख राजमार्ग पुनः सञ्चालनका लागि चिनियाँ उद्धार टोलीले चौबीसै घण्टा काम गरिरहेको छ।
सिन्ह्वाका अनुसार मंगलबार बिहान १०ः५० बजेसम्म बन्दरगाहतर्फ जाने राष्ट्रिय राजमार्ग G216 को सडक बन्दरगाहबाट एक किलोमिटर दूरीसम्म पुनःस्थापना गरिएको छ।
पहिरोका कारण सडक अवरुद्ध भएपछि उद्धार तथा पुनःस्थापनाको कामलाई प्राथमिकतामा राखिएको चिनियाँ अधिकारीहरूले जनाएका छन्।
ड्रोनबाट खिचिएको तस्बिरमा पहिरो प्रभावित क्षेत्रमा सडक मर्मत तथा पुनःनिर्माणका लागि उद्धारकर्मीहरू काम गरिरहेको देखिन्छ।
तस्बिर : सिन्ह्वा/जियाङ फान


