अ+
अ
अ-
काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार प्रतितोला ३ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ हजार रुपैयाँले घटेको हो।
यस्तै, चाँदीको भाउ पनि घटेको छ। आइतबार प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ रहेको चाँदी आज घटेर ४ हजार ४ सय ३६ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


