अ+
अ
अ-
काठमाडौ । मानसरोवर यात्रामा यात्रु लिएर जाने क्रममा भाद्र १० गते भोटेकोशीमा आएको बाढीमा परी सम्पर्कविहीन भएका पाँचखाल नगरपालिका–३, तीनपिप्लेका दिलबहादुर कायस्थको शव फेला परेको छ।
बाढीमा परेर केही दिनदेखि सम्पर्कविहीन रहेका कायस्थको शव फेला परेपछि गृह नगर पाँचखाल ल्याउन आवश्यक सहजीकरण भइरहेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले जानकारी दिनु भयो ।
उहाँले सामाजिक संजालमा लेख्दै,` कायस्थकाे शव फेला परेकाे र पाँचखाल ल्याउन सहजीकरण भइरहेको बताउनु भएको हो। कायस्थ मानसरोवर जाने यात्रु लिएर जाने क्रममा भोटेकोशी बाढीमा परेका थिए।


