अ+
अ
अ-
काठमाडौं ।काठमाडौंको शङ्खरापुर नगरपालिकाका किसान स्कुस खेतीतर्फ आकर्षित भएका छन्। यहाँका किसानका लागि स्कुस खेती मुख्य आम्दानीको आधार बन्दै गएको छ।
घरबारीमा लहरिएका स्कुसका झ्याङले गाउँको स्वरूप नै हरियाली बनाएको छ। जेठदेखि मङ्सिरसम्म उत्पादन हुने स्कुस बिक्रीबाट किसानले दैनिक घरखर्चदेखि चाडपर्व तथा सामाजिक संस्कारसम्मका खर्च जुटाउँदै आएका छन्।
लामो समयसम्म उत्पादन हुने र नियमित रूपमा बिक्री गर्न सकिने भएकाले पछिल्लो समय किसानको स्कुस खेतीप्रति आकर्षण बढ्दै गएको हो।
स्कुस खेतीबाट निरन्तर आम्दानी हुने भएकाले स्थानीय किसानले परम्परागत खेतीसँगै व्यावसायिक रूपमा स्कुस उत्पादनलाई प्राथमिकता दिन थालेका छन्।
तस्बिरः शम्भु दंगाल/रासस


