अ+
अ
अ-
काठमाडौं । हास्य कलाकार तथा अभिनेता दीपकराज गिरीले कलाकार दीपाश्री निरौलालाई जन्मदिनको शुभकामना दिएका छन्।
मस्तिष्कको शल्यक्रियापछि आराम गरिरहेकी निरौलाको स्वास्थ्यमा सुधार भइरहेको छ। उनले आत्मविश्वास, सकारात्मक सोच र साहसकै कारण निरौलाको उपचार सफल भएको उल्लेख गरेका छन्।
गिरीका अनुसार निरौला स्वास्थ्य समस्याका बीच पनि आफूलाई रोग नै नभएको जस्तो गरी चिटिक्क परेर प्रस्तुत हुने गर्थिन्। शल्यक्रिया भएको १५–२० दिनमै ‘कमेडी च्याम्पियन’ तथा आफूले अभिनय गरिरहेको चलचित्रमा काम गर्न उत्साह देखाएको भन्दै उनले निरौलाको प्रशंसा गरेका छन्।
गिरीले निरौलाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जन्मदिनको शुभकामना दिएका छन्।

