पूण्यमाता खोला क्षेत्रभित्रका अनधिकृत संरचना नहटाए,बुल डाेजर चल्ने

अ+
अ
अ-

काभ्रेपलान्चोक । बनेपा नगरपालिकाले पुण्यमाता खोला नदीकिनारको सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन सात दिने सूचना जारी गरेको छ।

बनेपा नगरपालिकाकि प्रशासकीय अधिकृत उर्मिला काफ्लेद्वारा हस्ताक्षरित सूचनामा पूण्यमाता खोला नदीकिनारको सीमाङ्कन तथा साइट क्लियरेन्सको कार्य भइरहेको जनाइएको छ।

नगरपालिकाले खोलाको क्षेत्रभित्र अनधिकृत रूपमा निर्माण गरिएका भवन, घर, टहरा तथा अन्य संरचना तोकिएको समयभित्र हटाउन सम्बन्धित संरचना धनीलाई आग्रह गरेको छ।

सूचनामा दिइएको सात दिनको अवधिभित्र संरचना नहटाए प्रचलित कानून तथा नेपाल सरकारको नीति, निर्णय र आदेशअनुसार त्यस्ता भवन तथा संरचना हटाइने उल्लेख गरिएको छ।

नगरपालिकाले नदीकिनार क्षेत्रको सीमाङ्कन तथा साइट क्लियरेन्सको कामलाई प्रभावकारी बनाउन सम्बन्धित पक्षलाई तोकिएको समयभित्रै संरचना हटाउन आग्रह गरेको हो।