काठमाडौं । प्रतिनिधिसभाको बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ। संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा प्रक्रिया अघि बढाउने कार्यसूची रहेको छ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन्।
यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीताबादीले ‘बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैगरी, राष्ट्रियसभाको बैठक पनि आजै दिउँसो १ बजे बस्ने कार्यक्रम छ।
बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले ‘संक्रामक पशु रोग विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नेछिन्।
दुवै सदनमा आज विधेयकसम्बन्धी महत्वपूर्ण कार्यसूची अघि बढाइने संसद् सचिवालयले जनाएको छ।

